आज पनि काठमाडौं उपत्यकामा थपिए १५ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार पनि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंको राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, शुक्रराज सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये १४ जना काठमाडौंका र एक जना भक्तपुरका रहेका छन्।
पछिल्लो समय काठमाडौंमा दिनहुँ जसो संक्रमित फेला परिरहेका छन्। योसँगै बुधबार देशभर २१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा