नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा थप २१० मा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइमा रहनेको संख्या १४ हजार ४ सय ७१ रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ४९ जनाको कोरोनाबाट मृतयु भएको छ । आज मात्रै १४६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म १४ हजार २१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम