साउन १५ मा किन खाने खीर ? यस्ता छन् फाइदा
साउन १५ लाई नेपालमा खीर खाने दिनका रुपमा लिइन्छ । त्यसो त नेपालमा सबैजसो चाडपर्वहरु कुनै न कुनै खानेकुरा सँग जोडिएका हुन्छन्। यी सबै संस्कृति हाम्रा पुर्खाले निकै वैज्ञानिक ढंगले चलाएको पाइन्छ । माघ १ मा चिसोबाट बच्न घ्यु चाकु खाने, असार १५ मा दही चिउरा खाने, जनै पुर्णिमामा क्वाँटी खाने यी सबैका आ आफना महत्व छन्। साउन १५ मा खीर खाने चलन पनि परापूर्व कालदेखि नै चल्दै आएको पाइन्छ । खीर दूधमा चामल हालेर तयार गरिने विशेष खाद्य परिकार हो।
दूध मानव शरीरका लागि सर्वोत्तम भोजन पनि हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत पनि हो । यसमा आइरन बाहेकका सबै पौष्टिक तत्त्वहरु पाइन्छन्। यसबाट बनेका जुनसुकै परिकार पनि मात्रा मिलाएर खाए स्वास्थ्यलाई फाइदाजनक छन्। त्यसैले होला व्रत बस्दा पनि दूध खाने चलन छ । खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ।
नेपालमा साउन १५ मै खीर खाने चलन भए पनि अन्य देशहरुमा पनि खीर खाने गरेको पाइन्छ तर यसलाई संस्कृतिकै रुपमा यसको सेवन गर्ने चलन भने छैन। नेपाली समाजमा हाम्रा जन्मदेखि मृत्युसम्मका संस्कारमा खीर अनिवार्य जस्तै मानिन्छ। खीर देवतादेखि पितृसम्मलाई मन पर्ने खाद्यपदार्थ भएको विश्वास गरिन्छ। मानव शरीरका लागि पनि यो असाध्यै पौष्टिक परिकार हाे । साउन १५ मा खीर खाने चलन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ भने खीर स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण छ।
पहिले पहिले घरमा धेरै गाइबस्तु हुन्थे र वर्षातको समयमा विशेष गरी साउन भदौतिर जताततै हरियो घाँस हुने हुँदा गाइवस्तुले पनि धेरै दूध दिन्थे। त्यसैले दूध धेरै भएपछि यसलाई विशेष परिकार बनाएर खाने चलन चलेको जस्तो लाग्छ । अहिले पनि यो बेला दूध धेरै दिन्छन् गाइबस्तुले । यसरी ठूलो भाँडामा धेरै दूध राखेर धेरैबेर पकाएर थोरै चामल हाली खीर बनाएर खाने चलन शुरु भएको हो। पछि त्यो चलन संस्कृति नै बन्यो ।
पछिल्लो समय खीरमा नरिवल, काजु, बदाम, सुकमेल जस्ता ड्राइफुट पनि हाल्ने चलन छ यस्ता मसलाले यसको महत्त्व र पौष्टिकता अझ बढछ। वर्षातको बेला शरीरलाई चिसोबाट जोगाउन यस्ता मसलाले मद्दत गर्छ। शरीरलाई न्यानो राख्ने गर्छ।
तर मधुमेह वा कतिपय ग्याष्ट्रिक भएका बिरामीलाई खीरले राम्रो नगर्न सक्छ । यसमा हालिएकाे धेरै चिनीले मधुमेहका बिरामीलाइ असर गर्न सक्छ । यी कुरामा भने ख्याल गर्न जरूरी छ । साथै यसरी बनाइको खीर घरका सबै परिवारका सदस्यसँगै बसेर खाँदा पारिवारिक सम्बन्ध पनि प्रगाढ हुने विश्वास गरिन्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित