काठमाडौं भित्रिने तीन नाकाबाट ४८ सय १३ जनाकाे स्वाब संकलन
हेल्थ टिभी अनलाइन\ काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं भित्रिने तीन नाकाबाट ४८ सय बढीकाे स्वाब संकलन गरेको बताएको छ ।
मन्त्रालयले काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छ कि छैन् भन्ने पत्ता लगाउन काठमाडौं छिर्ने मुख्य तीन नाकामा स्वाब संकलन गर्न शुरू गरेकाे जनाएकाे हाे ।
मंगलबार दिउँसोसम्म ४ हजार ८ सय १३ जनाको नुमना संकलन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनका अनुसार फर्पिङ नाकाबाट ९ सय ५५, थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा नाकाबाट ९ सय ४४ जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन भएको छ। यसको रिपोर्ट आउन बाँकी रहेको पनि उनले जानकारी दिए ।
यसैगरी मंगलबार मात्र नेपालमा ३११ जनामा काेराेना देखिएको छ। याेसँगै नेपालमा संक्रमितकाे संख्या १९ हजार ६३ पुगेकाे छ भने काेराेनाबाट हालसम्म ४९ जनाले ज्यान गुमाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम