काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै, आजै थपिए ५३ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजै मात्रै ५३ जना नयाँ संक्रमित थपिएका छन्। लकडाउन खुकुलो भएसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो । यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।
उता त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ भने नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २१ जना र पाटनमा १ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी सानेपास्थित स्टार अस्पतालमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौं उपत्यकामा सहित नेपालभरी ३११ जना नयाँ संक्रमित थपिएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित