कोभिड-१९ अहिलेसम्मकै गम्भीर स्वास्थ्य संकट : विश्व स्वास्थ्य संगठन
हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठनले कोभिड १९ अहिलेसम्मकै ठुलो र गम्भीर स्वास्थ्य संकट भएको बताएको छ । विश्व स्वास्थ्य संगठनले अहिलेसम्म घोषणा गरेकामध्ये सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य संकट कोभिड १९ भएको संगठनका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयस ले बताएका छन्।
डा टेड्रोसले कोभिडलाई अहिलेसम्मकै गम्भीर संकट भन्दै यस महामारीवारे समीक्षा गर्न डब्ल्यूएचओको आपत्कालीन समितिको बैठक यसै साता पुनः बोलाउने बताए।
उनले भने, यसअघि विश्व स्वास्थ्य सङ्गठनले अन्य पाँचवटा स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छः इबोला दुई पटक, जीका, पोलियो र स्वाइन फ्लु।
गत जनवरीमा महिनामा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिएयता विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने साढे ६ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
टेड्रोसले भने, जनवरी ३० तारिखमा मैले जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकालको घोषणा गर्दा चीनबाहिर सयवटा मात्रै कोरोनाभाइरस संक्रमण देखिएको थियो, मृत्यु भएकै थिएन । तर अहिले स्थिती भयावह छ । कोरोनाभाइरससँग जुझ्नका निम्ति विश्वले ठूलो प्रयत्न गरिरहे पनि अझै धेरै गर्न बाँकी रहेकोू टेड्रोसले उल्लेख गरे। बीबीसी





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित