भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नजिक, ३३ हजारको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नजिक पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार बिहानसम्म भारतमा कोरोना संक्रसिमतको संख्या १४ लाख ८४ हजार १३६ पुगेको छ । यसैगरी हालसम्म ३३ हजार ४६१ जना संक्रमितको मृत्यु भइसकेको छ । गत २४ घण्टामा मात्रै त्यहाँ ४७ हजार ७०४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ७०४ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा ९ लाखा ५२ हजार बढी संmत्रमित उपचार पछि निको भएर घर फर्केको बताइएको छ । यसैगरी ४ लाख ९६ हजार बढी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भारत कोरोना संक्रमणबाट बढी प्रभावित देशहरुमध्ये तेस्रो नम्बरमा छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम