नेपालमा महिला रक्तदाताको संख्या बढ्दो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा यो वर्ष महिला रक्तदाताको संख्या बढेको छ । नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र स्थापनाको ५५ औँ वार्षिकोत्सवको अवसरमा पेश गरिएको प्रतिवेदनमा महिला रक्तदाता बढेको जनाइएको छ । गत आर्थिक वर्ष २०७५ \०७६ मा महिला रक्तदाता १६ दशमलब १ प्रतिशत रहेकोमा यस वर्ष १७ दशमलब ५ प्रतिशत पुगेको छ ।
यसैगरी आर्थिक बर्ष २०७६\ ०७७ मा दुई लाख ३८ हजार आठ सय ३६ यूनिट रगत संकलन भई तीन लाख २१ हजार सात सय ७६ यूनिट रगत तथा रक्त तत्व विरामीलाई उपलब्ध गराईएको छ ।
देशभरीमा विभिन्न संघ–संस्थाहरूबाट ३,४७८ वटा घुम्ती रक्त संकलन गरिएको छ भने केन्द्रीय रक्त सञ्चार सेवाबाट मात्रै ३९,७५५ यूनिट रक्त संकलन गरिएको छ ।
वि सं २०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो । अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहररुमार्फत् रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ ।
काठमाडौंको केन्द्रीय रक्तसञ्चार सेवाको लगायत विराटनगर, पोखरा, नेपालगंज र चितवन गरी ४ वटा क्षेत्रीय रक्त सञ्चार सेवा २२ वटा जिल्लास्तरीय इकाई, ४७ जिल्लाका आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालका रक्त सञ्चार सेवा एकाइबाट अहिले रक्त सञ्चार सेवा सञ्चालनमा छ ।
स्थापना दिवसको अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा मनिता राजकर्णिकारले सबै रक्तदाता एवं संघ संस्थालाई धन्यवाद दिएकी छिन्। उनले कोभिड १९ को महामारीका बेला पनि रक्तदान र संकलनमा सबैको साथ पाएको बताइन्।
महिला रक्तदातामा बृद्धि तर संख्या अझै सानो
गत आ व २०७५\०७६ मा नेपालभर जम्मा २,७१,९२२ यूनिट रगत संकलन भएकोमा यस बर्ष कोभिडको कारणले केही प्रतिशत रक्तदाता घटे पनि महिला रक्तदाताको सँख्या बढेको छ । गतबर्ष कूल रक्तदाता महिलाको संख्या १६दशमलव १ प्रतिशत रहेकोमा यसपटक १७ दशमलव ५ प्रतिशत पुगेको छ । तर यो संख्या अझै थाेरै भएकाे केन्द्रले जनाएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा