विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो, ६ लाख ५२ हजारले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख १३ हजार ९४५ पुगेको छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल र तेस्रो स्थानमा भारत रहेको छ । चीनबाट भाइरस फैलिएको भए पनि चीन आफै प्रभावित देशकोे टप २० मा पनि परेको छैन्।
विश्वमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ५२ हजार ५७ पुगेको छ । यसैगरी हालसम्म १ करोड भन्दा बढी मानिसले कोेरोना जितेर डिस्तार्ज भएका छन्। । वर्ल्डोमिटरका अनुसार अमेरिकापछि ब्राजिलमा धेरै संक्रमित रहेको पाइन्छ । त्यहाँ हालसम्म संक्रमितको संख्या २४ लाख १९ हजार बढी पुगेको छ ।
यसैगरी भारतमा हालसम्म १४ लाख ३६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने ३२ हजार ८१२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम