सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार डडेल्धुरा प्रयोगशालामा २०, सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा २, धनगढी प्रयोगशाला र पाटन अस्पतालमा भएको परीक्षणमा १/१ जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो।
डडेल्धुरामा भएको परीक्षणमा डोटीका १३, डडेल्धुराका ४ र बैतडीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा अछामका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।
यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका थप २ जनामा संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ६० जनाको कोरोना परीक्षण गरिएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ३ सय ६० जनाको कोरोना परीक्षण गर्दा १ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १७ बर्षीय युवकमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ९ पुगेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम