शनिबार थपिए १०९ जना कोरोना संक्रमित, थप एकको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।
हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगको मन्त्रालयले जनाएको छ । आज थप एक जनाको मृत्यु भएको पुष्टि भएको पनि मन्त्रालयले जानकारी दिएको छ । बाराकी १७ वर्षीया किशोरीको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा शुक्रबार राती कोरोनाबाट मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम