भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण भएको छ ।
चौहानले ट्वीट मार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जनाएका हुन्। उनले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘मलाई केही दिनदेखि कोरोनाको लक्षण देखिरहेको थियो, त्यसैले मैले परीक्षण गराएँ । रिपोर्ट पोजेटिभ आएको छ । मेरो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गर्दछु ।’
उनले आफू आजैबाट होम क्वारेन्टाइनमा रहेको पनि जानकारी दिएका छन्। भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम