Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिमका २२९६ संक्रमित कोरोना जितेर डिस्चार्ज

सुदूरपश्चिमका २२९६ संक्रमित कोरोना जितेर डिस्चार्ज

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा २ हजार २ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यहाँका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट २ हजार २ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा २ हजार २ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार शनिवार बिहान कञ्चनपुर जिल्लाका १६ जना डिस्चार्ज भएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी अछामका ५ सय ४०, डोटीका ५ सय ३५, कञ्चनपुरका ४ सय ९८, बैतडीका २ सय ९९ र डडेल्धुराका २ सय ६७ जनााई डिस्चार्ज गरिएको छ। कैलालीका १ सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट २ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

यस्तै हाल सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी १ हजार ८ सय ८१ जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन्। मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा ३ र डोटी अस्पतालमा २ जना गरी ५६ जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ भने संक्रमितको सङख्या ४ हजार १ सय ८५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार