Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंका थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंका थप  १० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ५ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

आज मात्रै नेपालमा १३३ जना नयाँ संक्रमित थपिएका छन् भने १०७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाबाट ४४ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार