बिरामीको मृत्युपछि पाटन अस्पतालमा नाराबाजी
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर आफन्त र अस्पतालका कर्मचारीबिच झडप भएको छ ।
अस्पतालकाे मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीको मृत्यु स्वास्थ्यकर्मीको लापरवाहीका कारण भएको भन्दै बिरामीका आफन्तले अस्पतालमा नाराबाजी गरेका हुन्।
यही क्रममा अस्पतालमा रहेका सुरक्षाकर्मी र बिरामीका आफन्तविच झडप समेत भएकाे अस्पतालका एक कर्मचारीले बताए ।
मृतकका आफन्तले अस्पताल घेराउ गर्दै नाराबाजी गरेपछि यतिबेला अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम