थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न जिल्लामा गरी थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । ।
मन्त्रालयका अनुसार हाल ५ हजार ३ सय ५८ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ । यसैगरी आज थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको कोरोनाबाट हिजो राति मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम