भारतमा बढ्दो काेराेना कहर: एकैदिन थपिए ४५ हजार संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमित थपिने क्रम दिनप्रतिदिन बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन बुधबार ४५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। यो सँख्या एकैदिन थपिएको अहिलेसम्मकै उच्च भएकाे स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। हालसम्म भारतमा १२ लाख ३९ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ भने २९ हजार ८९० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
भारतीय सरकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हर सम्भव प्रयास गरिरहेको भए पनि त्यहाँ संक्रमितको संख्या घट्नुको सट्टा झनझन बढ्दै गइररहेको छ । हालसम्म संक्रमित मध्ये ७ लाख बढी मानिस निको भएको भए पनि ४ लाख ४० हजार बढी सक्रिय संक्रमितको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ । कोरोनाबाट बढी प्रभावित हुने देशहरुको तेस्रो नम्बरमा भारत रहेको छ ।
अमेरिका र ब्राजिलपछि भारतमा नै संक्रमितको संख्या धेरै छ । यद्यपी यी देशको तुलनमा भारतमा मृत्युदर भने कम रहेको पाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित