गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश निर्देशनालयले बिहिबार विज्ञप्ति जारी गर्दै थप ५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ५० पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा म्याग्दीका २ जना, स्याङ्जाका १ जना र कास्कीका २ जना रहेका छन्।
यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या नै १ हजार ९१ पुगेकोछ । यसका साथै गण्डकी प्रदेशमा कोरोना परीक्षणका लागि हिजो मिति साउन ७ सम्म सबै नमुनाको परीक्षण भैसकेको परिक्षणका लागि संकलित कुनैपनि नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहिबार बिहानसम्म बाँकी नरहेको समेत निर्देशनालयले जानकारी दिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम