गण्डकी प्रदेशमा मंगलबार थपिए ९ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाण्डौं : गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज तीन जिल्लाका थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २९ पुगेको छ ।
निर्देशनालयका अनुसार पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा म्याग्दीका ३ जना, बाग्लुङका ३ जना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म १ हजार २० जना कोरोना जितेर घर फर्किसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम