सुदूरपश्चिममा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
शेर भण्डारी \ डडेल्धुरा : सुदूरपश्चिममा थप ४१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो।
डडेल्धुरामा भएको परीक्षणमा डोटीका ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार डोटीको शिखर नगरपालिकाका क्वारेन्टाईनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा भने १ जनामा मात्रै कोरोना पुष्टि भएको छ। कैलालीको गौरीगंगा नगरपालिका–५ की १५ बर्षीया बालिकामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९५ पुगेको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा