स्वास्थ्य मन्त्रालयले भन्यो, बाढी पहिरोका कारण पानी प्रदुषित भएर निम्तिने रोगप्रति पनि सचेत बनौं
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विगत केही दिनदेखि अविरल वर्षा भइरहेको र यसले थप पानीजन्य रोग निम्त्याउने हुँदा सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत केही दिनदेखी परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढी पहिरो गएको हुँदा यस्तो बेला पानी अत्यधिक फोहोर हुन गई यसले रोग निम्त्याउने बताए । उनले यो बेला पानीकै कारण झाडापखाला, टाइफाइड, आउँ पर्ने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता सरूवा रोगले सताउने हुँदा यो बेला पानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन आग्रह गरे ।
यसका साथै बाढी पहिरोको विपत्तिका कारण धेरै जना एकै ठाउँमा बस्नुपर्ने बाध्यता आएको भए पनि कोरोनाको जोखिम कायमै भएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डलाई ख्याल गरेर कोरोनाबाट जोगिन पनि सुझाव दिए ।
यसबाहेक बाढी पहिरोमा परी जनधनको क्षति संगै चोटपटक समेत लाग्ने हुँदा यो बेला विपदमा परेकालाई सबै मिलेर सहयोग गर्नुपर्नेमा डा गौतमले जोड दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम