गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण, १८ सय बढी क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै सोमबार ४ जिल्लामा गरी थप १२ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय १७ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जना, तनहुँका १ जना, लमजुङका १ जना र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरुलाई सम्बन्धित जिललाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको छ । यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८ सय २४ रहेको निर्देशनालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित