Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना महामारीबाट बच्न अपनाउनु पर्ने ‘एसएमएस’ विधि

कोरोना महामारीबाट बच्न अपनाउनु पर्ने ‘एसएमएस’ विधि

हेल्थ टिभी अनलाइन \काठमाडाैं :  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपालमा पनि गत चैत ११ गतेखि देशभर लकडाउन जारी छ ।

यतिबेला लामो समयसम्मको लकडाउनका कारण कतिपय व्यवसायीहरु स्वतस्फूर्त रुपमा बाहिर आउन थालेपछि सरकारले काठमाडौं उपत्यका लगायतका धेरै स्थानमा लकडाउन खुकुलो बनाउँदै काम गर्न दिएको छ । यद्यपी सरकारले नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गएकोे भए पनि उच्च जोखिम कायम नै रहेको बताउँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राययको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बारम्बार एसएमएस पालना गर्न आग्रह गरिरहेका हुन्छन्। आउनुस् त्यो एसएमएस के हो र कोरोनाबाट बच्न यसले कसरी सहयोग गर्छ जानीराखौं ।

एस – सामाजिक दूरी- कोरोनाबाट बच्नका लागि कम्तीमा पनि एक अर्काविच दुई मिटरको दूरी कायम गर्न जरुरी छ ।

एम – मास्कको प्रयोग- भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मेडिकल मास्क वा तीन तह भएको मास्क प्रयोग गर्न जरुरी छ ।

एस-  सेनिटाइजर- बेला बेलामा सेनिटाइजर लगाउने वा साबुन पानी उपलब्ध भएसम्म हात धोइरहन जरुरी छ ।

यी तीनवटा विधि सबैले इमान्दारीकासाथ पालना गर्ने हो भने धेरै हदसम्म कोरोना संक्रमणबाट जोगिन सकिने मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार