कैलालीमा क्वारेन्टाइनबाट भागेका व्यक्ति मृत अवस्थामा फेला
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : कैलालीमा क्वारेन्टाइनबाट भागेका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आउजीको शव गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको सुर्योदय सामुदायीक वनमा फेला परेको थियो ।
आउजी साउन एक गते भारतबाट फर्किएर गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए। मृतक पुरुष आइतबार बिहानैक्वारेन्टाइनबाट भागेको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले बताइन् ।
अहिले प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम