विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरेर मात्र घर पठाइने
५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विभिन्न देशबाट नेपाल फर्किने सबैको पीसीआर परीक्षण गरेर मात्र घर पठाइने भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताएका हुन्। उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्चस्तरीय बैठकले अबदेखि विदेशबाट आएका, पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरु सबैको चिकित्सकको सल्लाह बमोजिम पीसीआर परीक्षण गर्ने निर्णय भएको छ ।
यसका साथै हवाइमार्ग हुँदै स्वदेश आउनेलाई ५ दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षण पछि मात्र घर पठाउने निर्णय भएको र स्थलमार्गबाट आउनेको पनि अनिवार्य रुपमा पीसीआर गरिने निर्णय भएको पनि डा गौतमले जानकारी दिए ।
हालसम्म भने सरकारले स्पष्ट लक्षण देखिएका र सरकारले तोकेको मापदण्डभित्र पर्नेको मात्र पीसीआर परीक्षण गर्दै आएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम