Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा आइतबार थपिए १२ जना संक्रमित

गण्डकी प्रदेशमा आइतबार थपिए १२ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं :  गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप १२ जनामा कोरोना देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदशेमा कोरोना संक्रमितको संख्या १३ सय २ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ६ जना र कास्कीका ६ जना मा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ उनीहरुलाई आइसोलसन सेन्टरमा लैजाने तयारी भइरहेको पनि निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार