विश्वमा कोरोना : मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । वर्ल्डोमीटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख २४ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने ५ हजार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ४४ लाख २४ हजार ५०७ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ लाख ४ हजार ८ सय ८० पुगेको छ । यसैगरी ८६ लाख भन्दा बढी संक्रमितले कोरोना जितेर घर फर्केका छन्। उता ५२ लाख भन्दा बढी कोरोना संक्रमितको विश्वका विभिन्न देशहरुमा उपचार भइरहेको छ ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा मात्रै ३८ लाख ३३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी १ लाख ४२ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ । अमेरिकापछि ब्राजिलमा धेरै संक्रमित फेला परेका छन्। ब्राजिलमा हाल संक्रमितको संख्या २० लाख ७४ हजार बढी पुगेको छ भने ७८ हजार बढीको कोरोनाबाट ज्यान गएको छ । भारत कोरोना संक्रमितको संख्याको हिसाबमा तेस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म १० लाख ७७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ । यद्यपी मृत्युदर भने त्यहाँ कम रहेको छ ।
नेपालमा हालसम्म १७ हजार ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४० जनाको ज्यान गएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित