भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाका गरी थप २८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा १० जना बर्दियाका, ५ जना दाङका र १३ जना रोल्पाका रहेका छन्।
अस्पतालका अनुसार गत २४ घण्टामा २५० जनाको नमूना संकलन गरी पीसीआर परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम