कोरोनाबाट मृत्युको क्रम बढेपछि ब्राजिलमा शव गाड्न चिहानको समस्या, सामूहिक चिहान बनाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ब्राजिलमा कोरोना भाइरस संक्रमण पुष्टि हुने व्यक्तिहरुको संख्या २० लाख १४ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यहाँ अमेरिकापछि सबैभन्दा धेरै ७६,००० भन्दा बढी मानिसको कोभिड- १९ का कारण मृत्यु भइसकेको छ।
पर्याप्त परीक्षण नभएको भन्दै प्रभावित व्यक्तिको वास्तविक संख्या अझै धेरै हुनसक्ने विज्ञहरुले अनुमान लगाएका छन्। अधिकारीहरूले ब्राजिलको अतिप्रभावित अमेजन क्षेत्रमा शवपेटिका सकिन लागेको बताएका छन्। मृत्युको क्रम बढेपछि शवहरू गाड्न ठूला चिहानहरु खन्न थालिएको छ।
वर्षावन भएको उक्त क्षेत्रमा गरिबी र कुपोषणका कारण कोभिड १९ सँगको संघर्ष चुनौतीपूर्ण हुने ठानिएको छ। त्यहाँ आदिवासी समुदायहरु सबैभन्दा बढी प्रभावित भएका छन्। उनीहरूको पहुँच सजिलै स्वास्थ्यसेवामा छैन।
यतिबेला त्यहाँ अस्पतालहरुमा बिरामीको चाप थामिनसक्नु भएको बताइन्छ। अहिले थुप्रै अस्थायी संरचनामा अस्पतालहरू बनाइएको छ।कोभिड १९ महामारीबाट अतिप्रभावित उक्त दक्षिण अमेरिकी देशका नागरिकहरूले राष्ट्रपति बोल्सोनारु त्यस्तो अवस्था आउनका लागि जिम्मेवार भएको आरोप लगाएका छन्।
बोल्सोनारुले सामान्य रुघा भन्दै कोरोनाभाइरस संक्रमणलाई गम्भीरतापूर्वक लिएका थिएनन्।
बीबीसीबाट





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम