Health TV Online
Health TV Online
Health TV Online

एक महिनाको किचलोपछि वीर अस्पतालमा अन्तत: आउने भयो पीसीआर मेशिन, दैनिक ५ सय परीक्षण हुने

एक महिनाको किचलोपछि वीर अस्पतालमा अन्तत: आउने भयो पीसीआर मेशिन, दैनिक ५ सय परीक्षण हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा एक महिनाको किचलोपछि अन्तत: पीसीआर मेशिन आउने भएको छ ।

अस्पतालको खरिद र लेखा शाखाले सस्तो चाइनिज मेशिन खरिद गर्न दवाव दिएपछि अस्पताल र प्रविधिक समितिले सो कुरा नमान्दा मेशिन आउन सकेको थिएन । असार मसान्तमा आएर खरिदले मेशिन किन्ने प्रक्रिया अघि बढाएको बताइएको छ । अस्पतालका निर्देशक र प्राविधिक समितिले वीर अस्पतालमा उच्च गुणस्तरकै पीसीआर मेशिन खरिद  गर्नुपर्ने भन्दै आफनो अडान लिएपछि खरिद शाखाले असार मसान्तमा मात्र प्रक्रिया अघि बढाएको हो ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले नयाँ मेशिन आएपछि दैनिक ५ सय जनाको पीसीआर परीक्षण गर्न सकिने बताए । उनले मेशिन आउन अझै केही दिन लाग्ने बताउँदै केही दिनमा परीक्षणका दायरा बढ्ने बताए । हाल वीरमा सानो मेशिनबाट दैनिक १ सयदेखि १५० सम्म मात्र पीसीआर परीक्षण हुँदै आएको थियो । ‘वीर अस्पतालमा बिरामीको धेरै नै भिडभाड हुने भएकाले पनि यहाँ ठुलो मेशिनको जरुरत छ भनेर हामीले मन्त्रालयलाई आग्रह गरेका थियौं डा सेन्चुरीले भने ।’

वीर अस्पतालमा  विदेश जाने , निरोगिताको प्रमाणपत्र चाहिने र शल्यक्रिया एवं अन्य कामका लागि आवश्यक परेमा पैसा तिरेर पनि कोरोना परीक्षण गर्न पाइन्छ । अस्पतालमा सो कारणले पनि कोरोना परीक्षणका लागि स्वाब धेरै हुने गरेको छ । मेशिनको क्षमता कम हुँदा धेरै स्वाब धेरैदिन सम्म होल्ड हुने र रिपोर्ट ढिलो आउने गरेको थियो । अब भने यो समस्या कम हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार