गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप तीन जनामा कोरोना संक्रमण भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।
निर्देशनालायका अनुसार बिहिबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम