कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थप
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारको लागि विभिन्न अस्पतालमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थप गर्ने भएको छ।
असार २९ गते बसेको स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार देशभरका अस्पतालमा भर्ना गरिएका कोभिड १९ को रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि पौष मसान्तसम्म थप्नको लागि निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारमा विभिन्न अस्पतालमा करारमा नियुक्त गरी चिकित्सक, नर्स र प्रयोगशाला लगायतका कर्मचारीलाई भर्ना गरेको थियो । उनीहरुको करार अवधि असार मसान्त अर्थात आज सम्म रहेको थियो । अब भने उनीहरुको करार अवधि ६ महिना थप गरी पौष सम्म रहनेछ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना