कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थप
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारको लागि विभिन्न अस्पतालमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थप गर्ने भएको छ।
असार २९ गते बसेको स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार देशभरका अस्पतालमा भर्ना गरिएका कोभिड १९ को रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि पौष मसान्तसम्म थप्नको लागि निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारमा विभिन्न अस्पतालमा करारमा नियुक्त गरी चिकित्सक, नर्स र प्रयोगशाला लगायतका कर्मचारीलाई भर्ना गरेको थियो । उनीहरुको करार अवधि असार मसान्त अर्थात आज सम्म रहेको थियो । अब भने उनीहरुको करार अवधि ६ महिना थप गरी पौष सम्म रहनेछ ।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम