नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज रौतहट परवहाका ३६ वर्षीय पुरुषको उपचारकै क्रममा मृतयु भएको हो । केही दिन अघि भारतमा कोरोनाबाट मृत्यु भएका आफन्तको मृत्यु संस्कारका लागि बेंग्लोर गएर आएका उनको यहाँ आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
बुधबार बिहानदेखि श्वासप्रश्वासमा समस्या आएपछि वीरगंजको नारायणी अस्पतालमा राखेर उपचार गरिएकोमा आज २: ३० बजे उनकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना