काठमाडौंका ७ जनासहित थप ११६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । आज मात्रै ६९७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ रहेको छ । काठमाडौंमा आज पनि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म आइसोलेसनमा रहेका संक्रमितको संख्या ६ हजार ११३ रहेको छ । यसैगरी देशभरका विभिन्न क्वारेन्टाइनका बस्नेको संख्या २४ हजार ५२७ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म २ लाख नेपालमा हालसम्म कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित