काठमाडौंका ७ जनासहित थप ११६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । आज मात्रै ६९७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ रहेको छ । काठमाडौंमा आज पनि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म आइसोलेसनमा रहेका संक्रमितको संख्या ६ हजार ११३ रहेको छ । यसैगरी देशभरका विभिन्न क्वारेन्टाइनका बस्नेको संख्या २४ हजार ५२७ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म २ लाख नेपालमा हालसम्म कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन्।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना