गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ५ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोय केन्द्र पोखरा र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसरी आज संक्रमण पुष्टि हुनेहरुमा म्याग्दीका ९ जना, तनहुँका ३ जना,नवलपरासीका ११ जना, कास्कीका १ र गोरखाका १ जना रहेका छन्।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताइएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित