गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ५ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोय केन्द्र पोखरा र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसरी आज संक्रमण पुष्टि हुनेहरुमा म्याग्दीका ९ जना, तनहुँका ३ जना,नवलपरासीका ११ जना, कास्कीका १ र गोरखाका १ जना रहेका छन्।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताइएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको छ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना