नेपालमा सक्रिय संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा १७ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमित मध्ये १० हजार ३२८ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन्। जसले गर्दा सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको हो ।
नेपालमा अहिले देशका विभिन्न आइसोलेसन सेन्टरमा रहेका सक्रिय संक्रमित संख्या जम्मा ६ हजार ६९५ रहेकाे छ । आज मात्रै ३४ जना संक्रमित कोरोनाको उपचारपछि निको भएर घर फर्केको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना संक्रमण निको हुने दर ६० दशमलब ५३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना