काठमाडौंका २ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि
संक्रमितको संख्या १७ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका २ जना सहित ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालाबाट ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । गत २४ घण्टामा ३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। यसरी कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना आशंकामा देशभरका विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको संख्या २४ हजार ७१६ रहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम