काठमाडौंका २ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि
संक्रमितको संख्या १७ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका २ जना सहित ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालाबाट ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । गत २४ घण्टामा ३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। यसरी कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना आशंकामा देशभरका विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको संख्या २४ हजार ७१६ रहेको छ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना