नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ७ सय ८४ रहेको छ भने कोरोना संक्रमण भएर विभिन्न आइसोलेसनमा रहनेको संख्या ८ हजार १ सय ७४ जना रहेको छ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना