भारतमा कोरोना कहर : एकैदिन थपिए २८ हजार संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा २८ हजार ६३७ जना संक्रमित थपिएका छन्।
योसँगै हालसम्म भारतमा ८ लाख ४९ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २२ हजार ६७४ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमितको संख्याको हिसाबले भारत विश्वमा नै तेस्रो नम्बरमा परेको छ । अमेरिका र ब्राजिलपछि भारतमा सबैभन्दा बढी संक्रमित रहेका छन्।
भारतमा सबैभन्दा बढी प्रभावित राज्यहरुमा महाराष्ट्र, तमिलनाडु, दिल्ली, गुजरात र पश्चिम बंगाल रहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम