नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन्। उनका अनुसार यसरी कोरोनाबाट मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुष र काठमाडौं गोकणेश्वर नगरपालिका वडा नं ४ का ५४ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको डा गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । आज मृत्यु हुने संक्रमितहरु दीर्घरोगी रहेको मन्त्रालयले जनाएको छ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?