Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा शनिबार थपिए १४ जना संक्रमित

गण्डकी प्रदेशमा शनिबार थपिए १४ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गर्दै ५ जिल्लामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ ।

निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका ४ जना, म्याग्दीका २ जना, स्याङजाका २ जना, बाग्लुङका ३ जना र कास्कीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेहरु १९ वर्षदेखि ८९ वर्ष सम्मका पुरुष रहेको बताइएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार