गण्डकी प्रदेशमा शनिबार थपिए १४ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गर्दै ५ जिल्लामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ ।
निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका ४ जना, म्याग्दीका २ जना, स्याङजाका २ जना, बाग्लुङका ३ जना र कास्कीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेहरु १९ वर्षदेखि ८९ वर्ष सम्मका पुरुष रहेको बताइएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम