Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गत २४ घण्टामा थप ११८ जनामा संक्रमण, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

गत २४ घण्टामा थप ११८ जनामा संक्रमण, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल सम्म ८ हजार ६०३ जना संक्रमितको विभिन्न अस्पतालको आइसोलेसन सेन्टरमा उपचार भइहरेको छ । गत २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ । यसैगरी शुक्रबारसम्म कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ९१० रहेको छ ।

नेपालमा कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार