गत २४ घण्टामा थप ११८ जनामा संक्रमण, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल सम्म ८ हजार ६०३ जना संक्रमितको विभिन्न अस्पतालको आइसोलेसन सेन्टरमा उपचार भइहरेको छ । गत २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ । यसैगरी शुक्रबारसम्म कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ९१० रहेको छ ।
नेपालमा कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम