गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै शुक्रबार थप १३ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १६२ पुगेको छ ।
निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ८ जना, बाग्लुङका १ जना, पर्वतका १ जना, गोरखाका १ जना र नवरपरासी बर्दघाट सुस्ता पूर्वका २ जना गरी १३ जना रहेका छन्। उनीहरुको क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा कोरोना जितेर आइसोलेसन सेन्टरबाट घर जानेको संख्या ६३३ पुगेको छ ।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै