गत २४ घण्टामा विश्वभर २ लाख २२ हजार नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ ।
वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा मात्र विश्वभर २ लाख २२ हजार नयाँ संक्रमित थपिएका छन्। यसैगरी एकैदिन ५ हजार ३८८ जनाले कोरोनाबाट ज्यान गुमाएको बताइएको छ । हालसम्म विश्वमा १ करोड २३ लाख ८७ हजार ४२० जनामा कोरोना पुष्टि भइसकेको छ ।
यसैगरी कोरोना संक्रमणबाट ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भएको वर्ल्डोमीटरले जनाएको छ । कोरोना संक्रमण भएर पनि ७१ लाख भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्केका छन् भने ४६ लाख ३९ हजार भन्दा बढी संक्रमितको विभिन्न देशका अस्पतालहरुमा उपचार भइरहेको छ ।
कोरोनाको सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै ३२ लाख १९ हजार ९९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यहाँ १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिलमा संक्रमितको संख्या धेरै देखिएको छ । ब्राजिलमा १७ लाख ५९ हजार १०३ जनामा कोरोना पुष्टि भइसकेको छ । यसैगरी संक्रमितको संख्याको हिसाबले भारत तेस्रो नम्बरमा परेको छ । भारतमा ७ लाख ९४ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै