गत २४ घण्टामा विश्वभर २ लाख २२ हजार नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ ।
वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा मात्र विश्वभर २ लाख २२ हजार नयाँ संक्रमित थपिएका छन्। यसैगरी एकैदिन ५ हजार ३८८ जनाले कोरोनाबाट ज्यान गुमाएको बताइएको छ । हालसम्म विश्वमा १ करोड २३ लाख ८७ हजार ४२० जनामा कोरोना पुष्टि भइसकेको छ ।
यसैगरी कोरोना संक्रमणबाट ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भएको वर्ल्डोमीटरले जनाएको छ । कोरोना संक्रमण भएर पनि ७१ लाख भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्केका छन् भने ४६ लाख ३९ हजार भन्दा बढी संक्रमितको विभिन्न देशका अस्पतालहरुमा उपचार भइरहेको छ ।
कोरोनाको सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै ३२ लाख १९ हजार ९९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यहाँ १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिलमा संक्रमितको संख्या धेरै देखिएको छ । ब्राजिलमा १७ लाख ५९ हजार १०३ जनामा कोरोना पुष्टि भइसकेको छ । यसैगरी संक्रमितको संख्याको हिसाबले भारत तेस्रो नम्बरमा परेको छ । भारतमा ७ लाख ९४ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम