जुम्लामा ६ स्वास्थ्यकर्मीसहित २४ जनाले जिते कोरोना
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जना स्वास्थ्यकर्मीसहित २४ जनाले कोरोना जितेर आज डिस्चार्ज भएका छन्।
उनीहरुसँगै १८ दिने शिशु र सुत्केरी आमाले पनि कोरोना जितेर आज डिस्चार्ज भएको अस्पातलका निर्देशक डा मंगल रावलले बताए । उनले भने, ‘आज डिस्चार्ज हुनेहरुमा ६ जना स्वास्थ्यकर्मी, १८ दिने शिशु र सुत्केरी आमा सहित २४ जना रहेका छन्।’
संक्रमितहरुको १४ दिनको बसाईपछि पुन: पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको डा रावलले बताए । जुम्ला सिंजाकी ३९ वर्षीय महिला प्रतिष्ठानमा सुत्केरी हुन आएकी थिइन्। उनी र बच्चामा समेत कोरोना परीक्षण गर्दा पोजेटिभ पाइएपछि सोही अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो । त्यसपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।
आज डिस्चार्ज भएर जानेहरुलाई दुई साता घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको अस्पतालले जनाएको छ । डा रावलका अनाुसार अब अस्पतालमा १२ जना मात्र संक्रमित उपचारमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित