सेनिटाइजर दर्ता गर्न अनावश्यक रुपमा म्याद थपेको भन्दै औषधि उत्पादक संघको आपत्ति
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले सेनिटाइजर दर्ता गर्ने मिति तीन महिना थप गरेको निर्णयप्रति नेपाल औषधि उत्पादक संघले आपत्ति जनाएको छ ।
संघले अनावश्यक रुपमा दर्ता मिति थप गर्ने निर्णय गरेको भन्दै सो निर्णय सच्याउन तीन दिनको अल्टिमेटम समेत दिएको छ । मन्त्रीस्तरीय निर्णय अनुसार ह्याण्ड सेनिटाइजर दर्ता अनुमतिका लागि तीन महिना म्याद थपिएको छ ।
संघको बिहिबार बसेको आकस्मिक बैठकले म्याद थप गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य मन्त्री र औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । संघका पदाधिकारीहरुले विभाग पुगेर ज्ञापन पत्र समेत बुझाएका छन् ।
संघका महासचिव विप्लव अधिकारीले अहिले करीब ४० वटा स्वदेशी उद्योगले विभागमा दर्ता भई स्वदेशमा नै उत्पादन हुने इथानोलको प्रयोग गरि सेनिटाइजर उत्पादन गरिरहेको र देशका लागि आत्मनिर्भर भइरहेको अवस्थामा म्याद थप गर्नु जरुरी नरहेको बताए । उनले ४० वटा उद्योगबाट १२० प्रकारका स्यानिटाइजर उत्पादन भइरहेको समेत जानकारी दिए । संघले तीन दिनभित्र निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित