Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

छोटो दूरीका सार्वजनिक सवारी साधन चल्न दिइने

छोटो दूरीका सार्वजनिक सवारी साधन चल्न दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद्को बैठकले सवारी साधनको सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने बताए ।

यसरी सवारीसाधन चलाउँदा चालक र सहचालकले मास्क, भाइजर र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्नेछ । यसैगरी यात्रु चढ्ने बेलामा लगाउनका लागि ढोका र यातायातका साधनभित्र स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ। यात्रुले पनि यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्नेछ । यसैगरी सरकारले ट्याक्सी पनि चलाउन दिने निर्णय गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार