Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १०८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

आज विभिन्न आइसोलेसन सेन्टरबाट निको भएर १३९ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार