थप १०८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १०८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
आज विभिन्न आइसोलेसन सेन्टरबाट निको भएर १३९ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको हो ।




चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड