Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा आज थप २० जना कोरोना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ७ जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जनस्वास्थ्य प्रयोगशाला हेटौडा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा म्याग्दीका २ जना, बाग्लुङका २ जना, नवलपरासीका ४ जना,लमजुङका ५ जना,गोरखाका २ जना र कास्कीका ४ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार