गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा आज थप २० जना कोरोना संक्रमित थपिएका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ७ जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४९ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जनस्वास्थ्य प्रयोगशाला हेटौडा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा म्याग्दीका २ जना, बाग्लुङका २ जना, नवलपरासीका ४ जना,लमजुङका ५ जना,गोरखाका २ जना र कास्कीका ४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको निर्देशनालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम