हाल यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ७७ जिल्लामा नै कोरोना संक्रमण फैलिएको भए पनि हाल ५ जिल्ला भने कोरोना संक्रमण शून्य भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल ५ जिल्ला कोरोना फ्रि भएको बताएका हुन्।
उनका अनुसार हाल कोरोना संक्रमितहरु उपचारपछि निको भएका कारण थप संक्रमण नदेखिएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला रहेका छन्। हाल यी जिल्लाहरुमा संक्रमित उपचारपछि डिस्चार्ज भएर घर फर्केपछि नयाँ कोरोना संक्रमित थपिएका छैनन्।
यसैगरी हाल ५ सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ जना पुगेको छ भने ३५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको बढी जोखिममा रहेको देखिन्छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम