हाल यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ७७ जिल्लामा नै कोरोना संक्रमण फैलिएको भए पनि हाल ५ जिल्ला भने कोरोना संक्रमण शून्य भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल ५ जिल्ला कोरोना फ्रि भएको बताएका हुन्।
उनका अनुसार हाल कोरोना संक्रमितहरु उपचारपछि निको भएका कारण थप संक्रमण नदेखिएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला रहेका छन्। हाल यी जिल्लाहरुमा संक्रमित उपचारपछि डिस्चार्ज भएर घर फर्केपछि नयाँ कोरोना संक्रमित थपिएका छैनन्।
यसैगरी हाल ५ सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ जना पुगेको छ भने ३५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको बढी जोखिममा रहेको देखिन्छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त